बारा, १० मंसिर । बाराको महागढीमाई नगरपालिकास्थित भोला राष्ट्रिय माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष जयकिसुन प्रसाद यादव पक्राउ परेका छन्।

महागढीमाई नगरपालिका–३ निवासी ३८ वर्षीय यादवलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) मीनबहादुर घलेका अनुसार प्रहरी चौकी गन्जभवानीपुरका इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) बहादुर यादवसँग विवाद गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो।

पक्राउ परेका यादवविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको डीएसपी घलेले जानकारी दिए। उनलाई बारा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

Leave a Reply