१० मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब पाँच किलो थाई गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारतको केरला राज्यअन्तर्गत मुलरिया ठेगाना भएका २९ वर्षीय अब्दुल नौसाद रहेका छन्। उनको साथबाट ४ किलो ८०० ग्राम थाई गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनी बाटिक एयरको उडानमार्फत थाइल्यान्डबाट मलेसिया हुँदै काठमाडौं आएका थिए। विमानस्थलमा जाँच गर्ने क्रममा उनको साथबाट गाँजा फेला परेको हो।

पक्राउ परेका नौसादमाथि लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरले थप अनुसन्धान अघि बढाएको छ।

Leave a Reply