चन्द्रपुर,रौतहटको चन्द्रपुर नगरपालिका क्षेत्र भित्रको अतिक्रमित सडक खाली गराउन थालिएको छ ।

पूर्वपश्चिम राजमार्गको दाँया बाँया २५÷२५ मिटर र सदरमुकाम गौर चन्द्रनिगाहपुरको वीरेन्द्र राजमार्गको दाँया बाँया १५÷१५ मिटर क्षेत्रभित्र पर्ने अतिक्रमित सडक खाली गराइने भएको हो । चन्द्रपुर नगरपालिकाको पहलमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुर र डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुर, चन्द्रपुर नगर उद्योग बाणिज्य संघले राजमार्ग अतिक्रमित जमिन खाली गराउने अभियान सुरु गरेको छ । यस क्रममा राजमार्ग किनारमा राखिएका होडिङ्ग बोर्ड लगायत सडक अतिक्रमण गरेर संचालन गरिएको फुटपाथ पसल, ठेलागाडा हटाउन थालिएको छ ।

चन्द्रपुर नगरपालिकाले नगरको सौन्दर्यता कायम गर्न अतिक्रमित सडक खाली गराइने जनाएको छ । प्रमुख संजय काफ्लेले नगरको शौन्दर्यता कायम राख्नु सबैको दायित्व रहेको बताउनुभयो । अतिक्रमित क्षेत्र खाली गराउने अभियानमा चन्द्रपुर नगरपालिका–४ जङ्गलटोलबाट सुरु गरिएको र यसलाई निरन्तरता दिदै जाने उहाँले बताउनुभयो । नगरभित्र छाडा छोडिएको चौपाया र सडक कब्जा गरेर ग्यारेज समेत संचालन गर्न नपाइने भएको छ ।

Leave a Reply