कलैया,जिल्ला अदालत बाराले निजगढ नगरपालिका वडा नम्बर १३ पानीसराकी एक बालिकामाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका स्थानीय लालकुमार घलानलाई थुनामा राखेर अनुसन्धान गर्न निजगढ प्रहरीलाई ७ दिनको म्याद दिएको छ ।

बालिकालाई बलात्कार गरेको आरोपमा सोमवार पक्राउ परेका मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर २ घरभइ हाल डम्बरपुरमै बस्दैआएका वर्ष ४१ का लालकुमारमाथि अनुसन्धान गर्न अदालतले ७ दिनको म्याद दिएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिनुभयो ।

प्रहरीले मंगलवार पहिलो पटक उनलाई अदालतमा पेस गरेको थियो । बालिकाका आफन्तले दिएको जाहेरीको आधारमा प्रहरीले लालकुमारलाई पक्राउ गरेको थियो । स्थानीय लालबहादुर गोलेको घरमा मजदुरी गर्दै आएका लालकुमारले बालिकालाई ललाइफकाइ गाउँ नजिकैको जंगलमा लगेर बलात्कार गरेको प्रहरीले बताएको छ ।

Leave a Reply