पुष्पराज खतिवडा
बारा,तातो चियामा परेर घाइते बनेकी जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १२ फत्तेपुर शान्ति टोलकी एक बालिकाको बुधवार मृत्यु भएको छ ।घरको आँगनमा पकाउदै गरेको तातो चियामा परेर गम्भीर घाइते बनेकी स्थानीय जितेन्द्र साहकी १६ महिने छोरी जुही साहको ज्यान गएको प्रहरीले जनाएको छ ।

मृतक बालिकाका हजुरबुवा मिश्रीलाल साहका अनुसार पाँच दिनअघि गत शनीवार साथीहरुसँग आँगनमा खेल्ने क्रममा जुही आँगनकोअकास्मात चुल्होमा पाक्दै गरेको तातो चियामा लडेकी थिइन् ।चियामा परेर दाहिने हात देब्रे खुट्टासहित शरीरको आधा भाग जलेर गम्भीर घाइते भएकी उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको थियो । घाइते जुहीको अवस्थामा सुधार आउदै गरेको अवस्थामा बुधवार अपराहन्न १२ बजे जुही एकाएक सिकिस्तबनेपछि परिवारका सदस्यले तत्काल जीतपुरसिमरा उपमहानगरपालिका २ सिमरास्थित नगर अस्पताल पु¥याएका थिए । तर अस्पताल आइपुग्नु अघि नै ै उनको ज्यान गइसकेको अस्पतालका चिकित्सक प्रशान्त वर्णवालले जानकारी दिनुभयो ।‘अस्पतालमा ल्याइपु¥याउनुअघि नै उनको मृत्यु भइसकेको थियो, चिकित्सक वर्णवालले भन्नुभयो, शरीर जलनका कारण बालिकाको ज्यान गएको हो ।’समयमै उपचार पाएको भए बालिकाको ज्यान जोगिन सक्ने उहाँले बताउनुभएको छ ।

 

Leave a Reply