Vaibhav Sooryavanshi of India 'A' celebrates after his hundred during Match 11 of the DP World Men’s Asia Cup Rising Stars 2026 between India A and United Arab Emirates at University Of Doha For Science and Technology, Doha, Qatar, on November 24, 2026. Photo by: Sumeet Parmar / CREIMAS

काठमाडौं । भारतीय युवा क्रिकेटर वैभव सूर्यवंशीले क्रिकेट मैदानमा सनसनीपूर्ण प्रदर्शन गर्दै मात्र ५२ बलमा दोहोरो शतक प्रहार गरेका छन्। यूएईविरुद्धको खेलमा उनको आक्रामक ब्याटिङले विपक्षी बलरलाई निरीह बनाएको छ।

कतारमा जारी एसीसी राइजिङ स्टार्स कपअन्तर्गत एकदिवसीय खेलमा भारत ‘ए’ बाट ओपनिङ गरेका सूर्यवंशीले छक्का र चौकाको वर्षा गरेका हुन्। उनले आफ्नो इनिङमा २८ छक्का र ७ चौका प्रहार गर्दै कीर्तिमानी दोहोरो शतक पूरा गरेका थिए।

सूर्यवंशीले सुरुदेखि नै आक्रामक शैली अपनाएका थिए। पहिलो ओभरमै तीन छक्का प्रहार गर्दै विपक्षी बलरमाथि दबाब सिर्जना गरेका उनले त्यसपछि लगातार आक्रमण जारी राखे। उनको ब्याटिङसामु यूएईका बलरहरू निकै दबाबमा देखिएका थिए।

उनले आफ्नो इनिङमा धेरैजसो रन छक्का र चौकाबाटै जोडेका थिए। एकल तथा दोहोरो रन लिनभन्दा ठूला प्रहारमा जोड दिएका सूर्यवंशी २९औँ छक्का प्रहार गर्ने प्रयासमा आउट भएका थिए।

यसअघि यूएईले पहिले ब्याटिङ गर्दै भारत ‘ए’ सामु २५० रनको लक्ष्य प्रस्तुत गरेको थियो। तर सूर्यवंशीको विस्फोटक ब्याटिङका कारण उक्त लक्ष्य निकै सामान्य देखिएको थियो।

यस प्रदर्शनसँगै सूर्यवंशीले लिस्ट ‘ए’ क्रिकेटमा सबैभन्दा कम बलमा शतक र दोहोरो शतक पूरा गर्ने विश्व कीर्तिमान बनाएको समाचारमा उल्लेख छ। त्यस्तै, एकै इनिङमा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमानसमेत आफ्नो नाममा लेखाएका छन्।

कम उमेरमै अन्तर्राष्ट्रिय क्रिकेटमा चर्चा कमाइरहेका सूर्यवंशीको यो प्रदर्शनले क्रिकेट जगतमा फेरि एकपटक उनको चर्चा चुलिएको छ।

Leave a Reply