वीरगन्ज । बाराका जुडो खेलाडी सुरजकुमार यादव १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट भएका छन्। मधेश प्रदेशस्तरीय छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उनले प्रथम स्थान हासिल गरेका हुन्।
जनकपुरमा आयोजित मधेश प्रदेशस्तरीय छनोट प्रतियोगितामा यादवले जुडोतर्फ ७० केजी तौल समूहमा प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै उनी पहिलो भएका हुन्।
बाराको फेटा गाउँपालिका–१, रजवटिया निवासी यादवले छनोट प्रतियोगितामा भने पर्सा जिल्लाको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गरेका थिए।
प्रदेशस्तरीय प्रतियोगितामा प्रथम स्थान हासिल गरेसँगै यादवले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा मधेश प्रदेशबाट प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गरेका छन्।
















