दिपेन्द्र जयसवाल

गन्जभवानीपुर,बाराको बारागढी गाँउपालिका वडा नम्बर १ मा रहेको श्रीजनता माध्यमिक विद्यालय बुद्धगाईको सोमवार औपचारिक रुपमा कक्षा ११ को पठनपाठन शुरु भएको छ ।मधेश प्रदेशका मुख्य मन्त्री सरोजकुमार यादवले विद्यालयमा आयोजित एक कार्यक्रमबीच कक्षा ११ को पठनपाठनको उद्धाटन गर्नुभएको हो । मुख्यमन्त्री यादवले विद्यालयका प्रधानाध्याक बिश्वनाथप्रसाद चौधरीलाई प्रमाण पत्रलाई हस्तान्तरण गरेर कक्षाको उद्धाटन गर्नुभएको थियो ।कार्यक्रममा बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युतप्रसाद मैनाली, बारागढी गाउँपालिकाका अध्यक्ष अशोककुमार जयसवाल, उपाध्यक्ष लक्ष्मीदेवी राय, वडा नम्बर १ का वडा अध्यक्ष सुरेशप्रसाद चौधरी, गाउँकार्यपालिका सदस्य धनमन्ती मलाहिन, गाउँकार्यपालिका सदस्य रेणुदेवी कलवार, जनता आधारभूत विद्यालयको प्रधानाध्यापक रामनाथ दास, गाउँपालिकाकी शिक्षा शाखा प्रमुख जलमती चौधरीलगायत स्थानीय राजनीतिक दलका प्रतिनिधि, शिक्षाप्रेमी, अभिभावक, बुद्धिजीवी, विद्यार्थी, शिक्षकलगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here