जिनगढ,साहसी महिला समुुहले शनिवार निजगढ वडा नम्बर ७ स्थित नगरपलिका रोडको सरसफाइ गरेको छ ।
निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरीको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा महिला समुहले वडा नम्बर ७ को माझीटोलदेखि लिचीटोलसम्मको सडक क्षेत्रको सरसफाइ गरेका थिए ।
कार्यक्रममा निजपगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ, वडा नम्बर ७ का वडा अध्यक्ष श्री टेकबहादुर लामा, नेपाली कांगेश निजगढ नगर कमिटीका सभापती नवराज तिमल्सिना, राप्रपाका नेता बासु तिमल्सिना, निजगढ नगरपालिका कार्यपालिकाकी पूर्वसदस्य जगतकुमारी अधिकार र थानेश्वर सापकोटालगायतको सहभागिता रहेको थियो ।
आफ्नो टोल र वडा नम्बरको विकास गर्न स्थानीय महिलाले केही समयअघि दुर्गा गौतमको अध्यक्षतामा सहासी महिला समुह गठन गरेका हुन । समुहको उपाध्यक्ष शान्ति नेपाल, सचिव रत्नकुमारी बर्तौला (खरेल), सहसचीव अनिता शिवाकोटी, कोषअध्यक्ष शोभा परियार र सदस्यहरुमा सुुनिता बर्तौला, बिमला सापकोटा, निर्मला उप्रेती, लक्ष्मी मैनाली, राधा पुलामीमगर र इन्द्रकुमारी तामाङ रहेका छन ।



















