नेपाली काँग्रेस,नेपालको राजनीतिको पुरानो पार्टी हो । संघर्षबाट नै यो पार्टी जन्मिएको हो । एक सय बर्ष अगाडिको कुरा गर्ने हो भने नेपाली कांग्रेस गरिब दुःखीकै पार्टी थियो तर आज यो पार्टी कहा छ यसको कुनै ब्यख्या गर्न आवश्यक छैन । तर यत्ति ठूलो पार्टीमा गुटउपगुट हुनु पनि स्वभाविक नै होला तर राजनीतिमा इमान र नैतिकता भने आवश्यक छैन भन्ने कुरा समेत देखिएको छ ।
काँग्रेसको सभापतिमा भएको निर्वाचनको मत परिणामले पनि यसै कुराको पुटी गर्छ । सत्य कुरा के हो भने नेपाली काँग्रेसमा शेर बहादुर देउवाको भन्दा अन्य ब्यक्तिहरुको योगदान बढी छ । देउवाले त पार्टी बिभाजन गरेको इतिहास पनि छ नि होइन ? तैपनि देउवाको बिकल्प कांग्रेसमा देखिएन ।
पार्टीमा जे भएपनि डा. शेखर कोइराला उदाए । उनी जवरजस्त भएपनि नेपाली काँग्रेसमा फरक हिसावले स्थापित भएका छन् । सभापतिमा अरु जसरी उनको बिचार प्रश्तुत भएन । राजनीतिमा फरक मत हुन्छ । पार्टी एक भएपनि बिचार र लक्ष्य फरक हुन्छ । काँग्रेसमा आफैले साथ नदिएपनि शेखर जवस्जस्त उदाएका एक योद्धा भने पक्कै हुन् ।