निजगढ,मधेश प्रदेशका उर्जा, सिँचाइ तथा खानेपानी मन्त्री जवाहरलाल कुशवाहाले वितरणमुखी र न्यून बजेटका कारण मधेस प्रदेशमा दर्जनौं खानेपानी आयोजनाहरु अलपत्र परेको बताउनुभएको छ ।

खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था, निजगढको दशौं वार्षिक साधारण सभाको शनिवार उद्धाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै मन्त्री कुशवाहाले सो कुरा बताउनुभएको हो ।कार्यक्रममा बोल्दै उहाँले मधेसमा अहिले १ हजार ४ सयभन्दा बढी खानेपानीका योजना रहेको र अधुरा योजनाको संख्या अझ बढी रहेको बताउनुभयो । ‘संचालनमा रहेकोभन्दा अधुरा आयोजना धेरै छन, उहाँले भन्नुभयो, आयोजनामा रकम खर्च गर्ने गलत परिपाटीका कारण मधेसमा खानेपानीका योजना वर्षौदेखि अलपत्र परेका हुन ।’
मन्त्री कुशवाहाले विगतका वर्षहरुमा खानेपानीमा बजेट कम छुट्याइने गरिएकाले आयोजनाहरु अलपत्र पर्ने क्रम बढेको बताउनुभयो । उहाँले अधुरा आयोजनाहरु सम्पन्न गर्न ठूलो रकम खर्च लाग्ने भएकोले हाल मन्त्रालयले पनि चाहेअनुसार काम गर्न नसकेको सुनाउनुभयो ।

‘अधुरा आयोजनाको लागि मात्रै २० देखि २४ अर्ब रुपैया खर्च लाग्ने देखिन्छ, मन्त्री कुवाहाले भन्नुभयो, तर खानेपानी मन्त्रालयको पूरै बजेट हाल्ने हो भने पनि पूरा गर्न सकिदैन ।’ तर हाल मन्त्रालयमा पूजीगत र चालुतर्फ गरी जम्मा ३ अर्ब ८१ करोड मात्र वार्षिक बजेट रहेको उहाँले सुनाउनुभयो । न्यून रकम र वितरमुखी बजेटका कारण आवश्यकता अनुसार काम गर्न नसकिएको पनि उहाँको भनाई थियो । मधेस प्रदेशको बजेटमा एउटा योजनाकोे लागि ५÷७ लाख रुपैयामात्र छुट्याइएकाले काम गर्न समस्या भएको उहाँको भनाई थियो । ‘बजेट वितरणमुखी र अत्यन्तै न्युन पनि छ, उहाँले भन्नुभयो, यस्तो बजेटबाट जनताले कहिल्यै पनि सुविधा प्राप्त गर्न नसक्ने उहाँको भनाई थियो ।
सिमित बजेटको बावजुद पनि आफू अधुरा योजना पूरा गर्नेतर्फ लागि परेको पनि उहाँले सुनाउनुभयो । आफूले माताहतका डिभिजन कार्यालयहरुमा सोही अनुसार निर्देशन गरेको र सिमित स्रोत साधनका बावजुद पनि काम गर्ने प्रयास भइरहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा मधेश प्रदेश सांसद मिना लामा, निजगढ नगरपालिकाका प्रमुख तथा संस्थाका पूर्व अध्यक्ष सुरथ पुरी, पूर्व उपप्रमुख लिलादेवी लामिछाने, संस्थापक अध्यक्ष अम्बिका चौलागाईं लगायतले साधारण सभाको सफलताको लागि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी निजगढका सभापती तिलकबहादुर अधिकारी, नेपाली काँग्रेसका महेशी कुवर, नेकपा (एमाले) का थानेश्वर सापकोटा, नेकपाका भिमप्रसाद सापकोटा, राष्ट्रिय प्रजातन्त्र पार्टीका खड्गप्रसाद उप्रेती तथा जनमत पार्टीका मोजहर मन्सुरले खानेपानी तथा सरसफाइ क्षेत्रको विकासमा संस्थाले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।

कार्यक्रममा निजगढ नगरपालिका कार्यपालिका सदस्य अरुणा विक, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बारा–पर्सा डिभिजन कार्यालयकी इञ्जिनियर सम्झना लामिछाने, गौरीशंकर क्याम्पस निजगढका प्रमुख टिकाराम भट्टराई, समाजसेवीहरू सन्तोष दंगाल, पदमबहादुर भण्डारी, दिलबहादुर लामा, दुर्गा कोइराला लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा निजगढ वृहत खानेपानी आयोजनाको निर्माण कम्पनी जलजला अम्बरशान्ति प्रयन जेभीका प्रतिनिधि प्रविण धिमालको पनि सहभागिता रहेको थियो ।
सभामा संस्थाका अध्यक्ष सुदर्शन कोइरालाले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने स्वागत मन्तव्य कार्यसमिति सदस्य सुनमाया लोप्चन र सञ्चालन कार्यसमितिका सचिव यतिराज सापकोटाले गर्नुभएको थियो ।

बन्द सत्रअन्तर्गत लेखा परीक्षण प्रतिवेदन तथा आगामी आर्थिक वर्षको अनुमानित आय–व्यय विवरण प्रस्तुत गरिएको थियो । कोषाध्यक्ष गीता भट्टराईले आर्थिक वर्ष २०८१÷०८२ को लेखा परीक्षण प्रतिवेदन तथा २०८१÷०८२ र २०८२÷०८३ को अनुमानित आय–व्यय विवरण प्रस्तुत गर्नुभएको थियो । त्यस्तै लेखा संयोजक रोशनकुमार तिमल्सिनाले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

त्यसैगरी बन्द सत्रअन्तर्गत लेखा परीक्षण प्रतिवेदन तथा आगामी आर्थिक वर्षको अनुमानित आय–व्यय विवरण पनि प्रस्तुत गरिएको थियो । कोषाध्यक्ष गीता भट्टराईले आर्थिक वर्ष २०८१-०८२ को लेखा परीक्षण प्रतिवेदन तथा २०८१-०८२ र २०८२-०८३ को अनुमानित आय–व्यय विवरण प्रस्तुत गर्नुभएको हो ।

त्यस्तै लेखा संयोजक रोशनकुमार तिमल्सिनाले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सभाले प्रस्तुत सबै प्रस्तावहरू सर्वसम्मतिले पारित गरेको जनाइएको छ ।
निजगढ– ८ स्थित शुभकार्य बैंक्युइट हलमा भएको सो सभामा स्वागत मन्तव्य कार्यसमिति सदस्य सुनमाया लोप्चन र सञ्चालन कार्यसमितिका सचिव यतिराज सापकोटाले गर्नुभएको थियो ।

Leave a Reply