निजगढ,नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार अच्युत मैनालीको टोलीले आज कोल्हबी नगरपािलकामा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम गर्नुभएकोे छ ।उम्मेदवार मैनालीसहित एमाले कार्यकर्ताहरुको टोलीले कोल्हबीको वडा नम्बर १, २, ३, ४, ५ र ६ नम्बर वडाका कोल्हबी बजार, खैरा, बगेवा, झुरझुर, हनुमानगन्ज, जुअवा, सपही, पिपरिया, ककडी, बोधवन, प्रसौना, कुमारगढीलगायत विभिन्न गाउँहरुमा मतदातासंग भेटघाट गर्नुभएको हो ।

घरदैलोमा उम्मेदवार मैनालीसहित एमालेको समानुपातिकतर्फकी उम्मेदवार अन्जु नेपाली, नेकपा एमाले क्षेत्र नम्बर १ समन्वय कमिटीका संयोजक भरत भण्डारी, एमाले कोल्हबी नगर पार्टी अध्यक्ष पुरनदेव चोधरी, एमाले नेताहरु केवल चौधरी, पलट चौधरीलगायतका नेता कार्यकर्ताहरू सहभागी बनेका थिए । कार्यकर्ताहरुले नाचगानसहित चुनावी घरदैलो गरेका हुन ।मैनालीले भोलिबाट सिम्रांैनगढ नगरपालिका क्षेत्रमा घरदैलो गर्ने कार्यक्रम रहेको निर्वाचन परिचालन समितिका संयोजक भण्डारीले जानकारी दिनुभयो ।

Leave a Reply