पुष्पराज खतिवडा
मनहर्वा,आगामी माघ १३ गतेबाट सुरु हुने तेस्रो महर्वा गोल्डकपको मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले उद्धाटन गर्ने हुनुभएको छ । क्लबका पदाधिकारीहरुको निम्तो स्वीकार गरेपछि मुख्यमन्त्री यादवले मनहर्वा गोल्डकपको उाद्धाटन गर्ने कार्यक्रम तय भएको हो ।माघ १३ गते अपराहन्न २ बजे जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ को बडहर्वास्थित खेल मैदानमा फुटबल प्रतियोगिताको उद्धाटन मधेस प्रदेशका मुख्यमन्त्री यादवले गर्ने कार्यक्रम तय भएको आयोजक क्लबका अध्यक्ष निर्मलकुमार यादवले जानकारी दिनुभयो ।माघ २० गतेसम्म संचालन हुने प्रतियोगितामा आयोजक सहित ८ टिमले सहभागिता जनाउनेछन् । प्रतियोगिताको पहिलो अर्थात विजेताले दुई लाख र उपविजेताले एक लाख रुपैंयासहित ट्रफि प्राप्त गर्ने छन् । यस्तै प्रतियोगितामा विभिन्न विधागत पुस्कारको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।पहिलो दिनको खेल बाहेकका प्रतियोगिताका अन्य खेलहरु भने दर्शकले पैसा तिरेर हेर्नुपर्ने भएको छ । चारवटा क्वाटर फाईनल हेर्न प्रतिदर्शक ३० रुपैया, दुईवटा सेमिफाईनलको हेर्न ५० रुपैया फाईनल खेलका लागि दर्शकहरुले १ सय रुपैयाको टिकट खरिद गर्नुपर्ने आयोजकले व्यवस्था गरेको छ ।प्रतियोगिता आयोजक क्लब मौवादेवी युवा क्लब संचालक समितिले गरेको निर्णय बमोजिम टिकट शुल्कको व्यवस्थापन गरिएको हो । त्यसका लागि खेल मैदान जस्तापाताले घेराबारा गरिने समेत क्लब अध्यक्ष यादवले जानकारी दिनुभयो ।

Leave a Reply