नरेश गुप्ता
बरियारपुर,नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला कमिटी बाराका पदाधिकारी र सदस्यहरुले मंगलबार पद तथा गोपनीयताको सपथग्रहण गरेका छन ।
नेकपा एमाले केन्द्रीय सचिव एंव पूर्वमन्त्री रघुवीर महासेठले जिल्ला कमिटीका हालै मनोनित सदस्य तथा पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ गराउनु भएको हो । नेता महासेठले सपथग्रहण कार्यक्रमको उदघाटन गर्नुभएको थियो । उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै महासेठले वर्तमान गठबन्धन सरकार धेरै दिन टिक्न नसक्ने बताउदै देशमा राजनीतिक अस्थिरताले भ्रष्टाचार मौलाएको, संघीयतालाई धरापमा पार्ने काम भएको आरोप लगाउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला अध्यक्ष देवनारायण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराइएको पार्टीको बारा जिल्ला सहईन्चार्ज महमद समिरले जानकारी दिनुभयो ।
सो अवसरमा नेकपा एमाले पोलिटब्यूरो सदस्य एंव प्रदेश २ का सहईन्चार्ज पुरुषोत्तम पौडेल, अच्युत मैनाली, ज्वाला साह, नेकपा एमाले केन्द्रीय सदस्य एंव नेपाल मुस्लिम ईत्तेहाद संगठनका केन्द्रीय सहईन्चार्ज तथा बारा जिल्ला सहईन्चार्ज समीर, एमाले केन्द्रीय सदस्य तथा बारा जिल्ला ईञ्चार्ज बलवीर चौधरी, प्रदेश कमिटी सदस्य अध्याननद पाण्डेलगायतको उपस्थिति रहेको थियो ।