कृष्ण मोहन साह
सेढवा,पर्साको जिराभवानी गाउँपालिकामा सोमवार एक कार्यक्रमबीच सुविधा सम्पन्न दलित सामुदायिक भवनको उद्धाटन भएको छ।जिराभवानीगाउँपालिका वडा नम्बर १ बालुवा टोलमा गाउँपालिका प्रमुख अनोज चौधरीले दुइ कोठे सुविधा सम्पन्न दलित सामुदायिक भवनको उद्धाटन गर्नुभएको हो ।

भवनको उद्धाटनगर्दै गाउँपालिका प्रमुख चौधरीले गाउँपालिका दलितहरुको हकहितको लागि विगतमा पनि तत्पर रहदै आएको र अगामी दिनमा दलित भवन रहेको जग्गामा कम्पाउण्ड वाल निर्माण गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। आफु निर्वाचित भएर आएको बेलादेखि नै दलितहरुको हकहितको लागि पहल गर्दै आएको उहाँले सुनाउनुभयो ।
उहाँले अगामी दिनमा दलित बालबालिकाको लागि योजनाको प्याकेज बनाएर शिक्षामा दलित बालबालिकाको पहुँच बढाउने पनि बताउनुभयो ।

गाउँपालिकाका दलित कार्यपालिका सदस्य ऋषिकुमार हजराको सभापतित्व तथा जिराभवानी गाउँपालिकाका अध्यक्ष चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष रेखा चौधरी, नेपाली काङ्ग्रेस गाउँपालिका सभापती मनमोहन महतो, पूर्ववडा अध्यक्ष शेख नुमान आजम, वडा नम्बर ३ का अध्यक्ष सुरज राय, वडा नम्बर चारका वडा अध्यक्ष राजेशवर दास, वडा नम्बर पाँचका वडा अध्यक्ष दारा सिंह राउत लगायत स्थानीय भद्रभलादमी, दलित अगुवाहरु र सन्चारकर्मीहरुको उपस्थित रहेको थियो ।

शत्रुधन ओझैयालेसन्चालन गर्नुभएको कार्यक्रममा दलित समुदायमा विवाहको भोज भतेरको लागिआवश्यक पर्ने टेबल, कुर्सी, भाडाकुडा पनि वितरण गरिएको थियो । शान्ति नगर, गम्हरिया पकडी टोल, बलुवा र बेलवा टाडीमा पाँच वटा दलित समूहलाई छुट्टाछुट्टै पाँच सेट भाडाकुडा वितरण गरिएको गाउँपालिकाका दलित कार्यपालिका सदस्य ऋषिकुमार हजराले जानकारी दिनुभयो ।

Leave a Reply