निजगढ,नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य शम्भुबहादुर बुढाथोकीले हालै सम्पन्न प्रतिानिधिसभा निर्वाचनमा असहयोग गर्ने नेताहरूलाई कारबाही हुनुपर्ने बताउनुभएको छ ।फागुन २१ मा सम्पन्न निर्वाचनको समीक्षा र सभापति गगनकुमार थापाको राजीनामा बारेमा छलफल गर्न जारी हिजोको बैठकमा बोल्नेक्रममा केन्द्रीय सदस्य बुढाथोकीले पार्टीका उम्मेदवारलाई असहयोग गर्ने नेता कार्यकर्ताहरुलाई कारबाही गर्नुपर्ने नभए ‘सम्मान’ गर्न प्रस्ताव गर्नुभएको हो । ‘पटक–पटक फाइदा लिएका सांसद र मन्त्री भएका मानिसहरू साथीहरूले पनि भोट हाल्नु भएन, चुनावमा साइलेन्ट बस्नुभयो,’ बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बुढाथोकीको भनाई उद्धृत गर्दै भने, ‘तिनीहरू सधैँभर पार्टीविरूद्ध लाग्ने भए र कारबाही नगर्ने भए सम्मान गरौं ।’ उहाँले पटक–पटक मन्त्री भएका, फाइला लिएकाहरूले नै भोट नहालेकोमा आक्रोश पनि व्यक्त गर्नुभएको थियो ।

नेपाली काँग्रेस पार्टीको तर्फबाट प्रतिनिधि सभा निर्वाचनमा बारा क्षेत्र नम्बर १ मा प्रत्यासी रहनुभएका केन्द्रीय सदस्य बुढाथोकी रास्वपाका गणेश धिमालसंग फराकिलो मतान्तरमा पराजित हुनुभएको थियो । निर्वाचनमा पार्टीका पूर्वसहमहामन्त्री उमाकान्त चौधरीको समूहले बुढाथोकीलाई असहयोग गरेको आरोप छ ।


















