नरेश गुप्ता

बरियारपुर,नेपाल परिवार दल बाराले जिल्लाको देवताल गाउँपालिकास्थित पिप्राढीमा कावारियाहरुलाई गम्छा ओढाएर सम्मानसहित बिदाई गरेको छ ।

परिवार दल बाराका अध्यक्ष रामचन्द्र चौधरीले पिप्राढीका २७ जना कवरिया भक्तजनसंग आर्शिवाद लिएर सम्मान गर्नु भएको हो ।

महाशिवरात्री पर्वमा शिवपार्वतीको भक्ति हेतु दुई हप्ता अघि देखि नै चोखो भएर भक्तजनहरु विभिन्न स्थानमा भेला भइ बुधवार जिल्लाको महागढीमाई नगर पालिका वडा नम्बर १० स्थित गंजभवानीपुरमा बिटोर भएका छन ।

बिश्रामस्थलमा भगवान शंकर भोलेको गीत लचारीले गुन्जयमान बनेको छ । देवताल गाउँपालिकास्थित ब्रह्म बाबाको प्राङ्गणमा भेला भएका कावारियाहरुको बिचारी रामायण गिरी, सिपाही नन्दु पण्डितसहित २७ जनाको बिदाई गरिएको थियो । सो अवसरमा नेपाल परिवार दलका कनक चौधरी, किशोरी गिरी, शेषनाथ साह, दिनानाथ साह लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply