कलैया,नेपाल पत्रकार महासंघ बारा शाखाका पूर्वसभापती एवंम कान्तिपुर दैनिकका उपसम्पादक लक्ष्मी साहलाई पितृ शोक परेको छ ।पत्रकार साहका ६८ वर्षिय पिता जयमंगल साह सोनारको सोमवार दिउसो उपचारको क्रममा वीरगञ्जस्ति हेल्थ केयर अस्पतालमा निधन भएको हो । उहाँ लामो समयदेखि दम रोगले पीडित हुनुहुन्थ्यो । जिल्लाको सिंम्रौनगढ नगरपालिका वडा नम्बर ८ कचोर्वा निवासी सोनारको एक छोरा, छोरी र श्रीमती हुनुहुन्छ । छोरा लक्ष्मी प्रेस चौतारी नेपालको पूर्वकेन्द्रीय सदस्यसमेत हुनुहुन्छ ।

Leave a Reply