हेटौंडा – हेटौंडामा अवैध रुपमा वालुवा प्लान्ट सञ्चालन गर्दै आएकाहरुलाई आजबाट वन्द गरिएको छ । जिल्ला अनुगमन समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको नेतृत्वमा आज हेटौंडा १ को रापतीखोला र लालझाडी क्षेत्रका १७ वटा वालुवा प्लान्टका सामान जफत गर्दै ती प्लान्टहरु वन्द गरिएको हो । अवैधानिक रुपले घरेलु कार्यालयमा समेत दर्ता नगरिकन सञ्चालन गरिएका वालुवा प्लान्टहरु वन्द गरिएको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख समेत रहनुभएका जिल्ला अनुगमन समितिका संयोजक प्रमुख रघुनाथ खुलालले वताउनुभयो ।
अनुगमन टोलीले लालझाडीका दुईवटा वालुवा उद्योगको कागजात नभएको भन्दै वन्द गरेको छ । सवै कागजात नल्याए सम्म उद्योग चल्न नदिने मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले वताउनुभयो । विकास निर्माण गर्न पाइने तर, अवैधानिक तरिकाले खोला उत्खनन् गरेर वालुवा प्लान चलाउन नपाइने उहाँले वताउनुभयो ।
अवैध रुपमा चलेका वालुवा प्लान्टले हेटौंडाको रापती खोला धमिलो वनाउने, अवैध रुपमा खोला उत्खनन् गर्नेकाम वषौ अगाडी देखि गर्दै आएका छन् । तर, आजबाट डिभीजन वन कार्यालय मकवानपुरका वन रक्षक, ससस्त्र प्रहरी, नेपाल प्रहरीले अवैध वालुवा प्लान वन्द गरेर सामान समेत नियन्त्रणमा लिएका छन् । हेटौंडाको रापतीखोला नजिक चौकिटोल वरपर क्षेत्र र लालझाडी क्षेत्रका १७ वटा वालुवा ल्लान्ट वन्द गरिएको हो ।