निजगढ,विजय दशमीको उपलक्ष्यमा न्यु हिमाल युवा क्लब निजगढले आयोजना गरेको नकाउट फुट्बल प्रतियोगिता सोमवारबाट सुरु भएको छ । उद्धाटन खेलमा क्याप्टेन राजु लामाको ह्याट्रिकमा हातेमालो सामुदायिक वन रौतहटले कोसेली युवा क्लब सिमरालाई ३–१ ले पराजित गरेको छ ।

खेलको ५ औं मिनेटमा हातेमालोका क्याप्टेन राजु लामाले फ्री किकमार्फत गोल गर्दै टोलीलाई अग्रता दिएका थिए । खेलको २० औं मिनेटमा लामाले नै अर्को गोल थपेर अग्रता दोब्बर परे । खेलको अन्तिम मिनेटमा ह्यााट्रिक पुरा गर्दै टिमलाई विजयी बनाए ।

मध्यान्तरपछि कोसेली युव क्लब सिमराका सुजन श्रेष्ठले गोल गरेर टोलीलाई खेलमा फर्काउने प्रयास गरेका थिए । खेलको म्यान अफ द म्याच हातेमालोका कप्तान लामाले ट्रफीसहित २ हजारको चेक प्राप्त गरेका छन ।

यसअघि निजगढ नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रामचन्द्र कटुवालले रिबन काटेर प्रतियोगिताको उद्धाटन गर्नुभएको थियो । कार्यक्रममा निजगढ नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष सुवर्ण लामा (सोनु), नेकपा माओवादी (केन्द्र) निजगढ नगर अध्यक्ष सन्तोष दंगाल लगायतले खेलकुदको महत्वको बारेमा बारेमा बोल्नुभएको थियो । कार्यक्रममा सशस्त्र प्रहरीबल वेसक्याम्प निजगढका प्रमुख जगतनाथ खड्का, सहिद हिरालाल रङ्गशाला व्यवस्थापन समितिका अध्यक्ष जगतबहादुर न्यौपाने, एनएफसीका अध्यक्ष शम्भु थापा मगर, निजगढ नगर कार्यापालिका सद्स्य मनमाया तामाङ्ग, पवित्र सुनुवार, शालिकराम ढुंगानालगायतको उपस्थितिरहेको थिए । मंगलवार राइजिङ्ग स्टार क्लब र निजगढ युवा क्लबबीच हुने आयोजकले जनाएको छ ।

Leave a Reply