सिमरा,नव जनजागृती यूवा क्लब एन्फा प्रेसिडेन्ट कपमा छनौट भएको छ । महोत्तरीमा सम्पन्न मधेस प्रदेश लिगको उपाधि जित्दै नव जनजागृती प्रेसिडेन्ट कपमा छनौट भएको हो ।जलेश्वरमा भएको फाइनल खेलमा नव जनजागृतीले सप्तरीको प्रोग्रेसिभ यूवा क्लबलाई २–० ले पराजित गरेको हो । नव जनजागृतीको जितमा विक्रम थोकर र अन्जन बछारले समान एक÷एक गोल गरे ।

नव जनजागृतीका रोहन तामाङ फाइनल खेलको प्लेयर अफ दि म्याच घोषित भए । उपाधि विजेता नव जनजागृतीले ५० हजार र उपविजेता सप्तरीले २५ हजार प्राप्त गरेको छ ।बारा जिल्ला लिग च्याम्पियन बन्दै मधेस लिग खेलेको नव जनजागृतीले अब चैतमा एन्फा प्रेसिडेन्ट कप खेल्नेछ । एन्फा प्रेसिडेन्ट कपमा सात वटै प्रदेशका लिग च्याम्पियन खेल्नेछन् ।

Leave a Reply