सेंढवा,पर्साको जिराभवानी गाँउपालिकामा गैडाको आक्रमणमा परी शनिवार एक जना घाइते भएका छन् । शनिवार साँझ करिब साढे पाच बजे वडा नम्बर ५ शंकरसरैयाका ३४ बर्षीय सुनिल गुरो खेतमा गएको बेला गैडाले आक्रमण गरेको थियो ।
गैडाको आक्रमणबाट गुरोको पछाडि कम्मरभन्दा मुनि चोट लागेर घाईते भएका छन् । आक्रमणपछि गुरोले सुरक्षाका लागि गुहार माग्दै कराउदा अन्य स्थानीय बासिन्दा भेला भएर होहल्ला गरेपछि गैडा जंगलतर्फ भागेको थियो ।