निजगढ,निजगढ ५ स्थित सार्वजनिक माध्यमिक प्राविधिक विद्यालय बागदेवको ६१औं जन्मजयन्ति तथा अभिभावक दिवस आज सम्पन्न भएको छ ।कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हस्तबहादुर लामाले विद्यालयको शैक्षिक र भौतिक प्रगति प्रतिबेदन र लेखापाल नवराज गौतमले आयव्याय विवरण पेस गर्नुभएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद गौतमको अध्यक्षतामा भएको सो कार्यक्रमको निजगढ नगरपािलकाका नगर प्रमुख सुरथ पुरीले उद्धाटन गर्नुभएको थियो । कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष सूर्यबहादुर थापा मगर, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष नारायणप्रसाद गौतम, नेपाली कम्युनिष्ट पार्टी निजगढ नगर अध्यक्ष सन्तोष दङ्गाललगायतले विद्यालयको थप प्रगतिको लागि शुभकामना मन्तव्य दिएका थिए । अभिभावक भेलामा विद्यालयका छात्रछात्राहरुले गीत तथा नृत्य प्रदर्शन पनि गरेका थिए ।

सो अवसरमा विद्यालयले संचालन गरेको परीक्षामा सर्वोत्कृष्ट अंक हासिल गर्ने र अतिरिक्त क्रियाकलापमा विजयी छात्रछात्रालाई विद्यालयमा दाताहरुले स्थापना गरेको अध्यक्ष कोषको रकमबाट पुरस्कृत समेत प्रदान गरिएको थियो ।
कार्यक्रमको संचालन शिक्षक बालकुमार सिंजाली र भोलाप्रसाद गौतमले गरेका थिए ।

Leave a Reply