वीरगन्ज । सर्लाहीको लालबन्दीमा ट्रकले मोटरसाइकलाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ ।पूर्वपश्चिम राजमार्ग सडक खण्डअन्तर्गतको रानिगञ्ज र लालबन्दी बिचमा पर्ने जङ्गल क्षेत्रमा बिहिबार बिहान भएको दुर्घटनामा दुईजना मोटरसाइकल चालकको मृत्यु भएको हो । प्रहरीकाअनुसार उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो ।पूर्वबाट पश्चिम तर्फ आइरहेको प्रदेश २(०३(००१ ख ८१५ नम्बरको ट्रकले विपरित दिशाबाट गइरहेको बा ३३ प ७५१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको सर्लाही प्रहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेश राज सुवेदीले जानकारी दिनुभयो ।घटनामा महोत्तरीको गौशाला नगरपालिका( ११ का अन्दाजी २९ वर्षका श्रवणकुमार महतो र सोही ठाउँका अन्दाजी १२ वर्षका विक्रमकुमार महतोको मृत्यु भएको एसपी सुवेदीले बताए । मृतकहरू काका(भतिजो रहेको खुलेको छ । उनीहरू लालबन्दी ११ हिरापुरस्थित ससुराली पुगेर फर्कँदै गर्दा दुर्घटना भएको आफन्तले जनाएका छन् ।मृतकद्वयको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलंगवामा पु¥याइएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी नायव उपरीक्षक शान्तराम कार्कीले जानकारी दिनुभयो । प्रहरीले घटनामा संलग्न ट्रक, चालक र मोटरसाइकल नियन्त्रणमा लिएको छ । प्रहरी नियन्त्रणमा रहेका ट्रकचालकले मोटरसाइकलले ओभरटेक गर्ने क्रममा आफैँ चक्कामा परेको बयान दिएका इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिनुभयो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here