कलैया,बाराको विश्रामपुर गाउँपालिका– १ स्थित कैलालपुर टोलमा शुक्रवार बिहान भीषण आगलागी हुँदा दुई घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् ।आगलागी लक्ष्मण मुखिया र टेकमण मुखियाको घरमा भएको हो । स्थानीय बासिन्दाका अनुसार आगलागी पूजाको क्रममा भएको हो । आगो लागेपछि गाउँलेहरू, सशस्त्र प्रहरी र जनपथ प्रहरीको सक्रियतामा तत्कालै आगो नियन्त्रणको प्रयास गरिएको थियो ।स्थानीयहरूले घरभित्रको केही सामान निकालेर जोगाउन सफल भएका छन् । पर्साबाट आएको बारुण यन्त्रको सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको हो । सुरक्षाकर्मी र स्थानीयको सक्रियताका कारण ठूलो जनधनको क्षति हुनबाट जोगिएको वडा अध्यक्ष सन्तोष पटेलले बताउनुभएको छ ।
















