हेटौंडा – बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तरगतका ल्यावबाट हाल सम्म एक हजार ६ सय १६ जनाको स्वाब संकलन गरेर पीसीआर विधिबाट कोरोना भाइरस (कोभिड १९) को परिक्षण गरिएको छ । मन्त्रालय मातहतका अस्पताल र जिल्लाहरुबाट मात्र कोरोनाको संका लागेका विरामीको स्वाब संकलन गरेर पीसीआर विधिबाट परिक्षण गरिएको थियो ।

 

 

 

ती मध्यमा हाल सम्म ६ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टी भएको छ । ६ जनाकै यसअघिनै रिपोर्ट सार्वजनिक गरिएको छ । मन्त्रालय मातहतका जिल्लामा पीसीआर र आरडीटी विधीबाट कोरोना परिक्षणको काम निरन्तर गरिएको सामाजिक विकास मन्त्रालयका डाक्टर पुरुशोत्तम सेडाईले जानकारी दिनुभयो ।

 

 

यसैगरी प्रदेशभरीमा आरडीटी किटबाट ५ हजार १ सय ३९ जनाको कोरोना परिक्षण गरिएको मन्त्रालयले जनाएको छ । ती मध्यमा ५ हजार १ सय २५ जनाको रिपोर्ट नेगेटीभ आएको छ । अरु १४ जनाको रिपोर्ट पोजेटिभ देखिएकोले मन्त्रालयले यसअघिनै सार्वजनिक गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here