वीरगञ्ज । नेपाली कांग्रेसको संस्थापन इतर समूहअन्तर्गत वीरगञ्ज महानगर सभापतिमा मनोज कुमार साह सर्वसम्मत चयन भएका छन्।
पार्टीको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न महानगर अधिवेशनले साहलाई सभापतिमा चयन गरेको हो। अधिवेशनबाट आदित्य उपाध्याय महानगर सचिवमा चयन भएका छन्।
पार्टीको क्षेत्रीय तथा नगर अधिवेशनका क्रममा महानगर, क्षेत्रीय, प्रदेशसभा क्षेत्र र बहुदरमाई नगरका सभापतिहरूको समेत चयन गरिएको जनाइएको छ।
सहमतिका आधारमा नेतृत्व चयन गरिएको अधिवेशनले पार्टीभित्र एकता र सहकार्यलाई प्राथमिकता दिएको छ। नवनिर्वाचित नेतृत्वले वडा तहसम्म संगठन विस्तार, कार्यकर्ताबीच समन्वय तथा जनतासँगको सम्बन्ध सुदृढ बनाउने जिम्मेवारी पाएको छ।















