निजगढ,निजगढ नगरपालिका वडा नम्बर– १० लालस्थित नेरामाविका प्रधानाध्यापक दिनानाथ साहले आफ्नो निजी लगानीमा स्थानीय २५ जना गरिब तथा असहाय नागरिकहरूलाई न्यानो कपडा कम्बल वितरण गर्नुभएको छ ।चिसो मौसम बढ्दै गएसँगै उहाँले २५ जना विपन्न तथा असहाय नागरिकहरूलाई कम्बल वितरण गर्नुभएको हो ।

शिक्षणसँगै सामाजिक सेवामा समेत सक्रिय साहले निःशुल्क रूपमा कम्बल लिन इच्छुक गरिब तथा असहाय २५ जनालाई आफ्नो मोबाइल नम्बर ९८५५०२९२३१ मा सम्पर्क गर्न अनुरोध गर्नुभएको थियो ।

साहले यसअघि यसै वर्ष छठ पर्वको अवसरमा बारा र सर्लाहीका विभिन्न स्थानका १ सय ९ जना व्रतालुहरुलाई आफ्नै खर्चमा एक-एक थान साडी सहयोग गर्नुभएको थियो । साहले निजगढ नगरपालिका र सर्लाहीको चन्द्रनगर गाउँपालिकाका छठ व्रतालुहरुलाई साडी वितरण गर्नुभएको हो । साडी प्राप्त गर्नेहरुको सुरक्षालाई ध्यानमा राखेर उनीहरुको नाम र ठेगाना भने गोप्य राखिएको थियो ।

Leave a Reply