निजगढ,आगो ताप्ने क्रममा बाराको निजगढमा एक वृद्ध जलेर घाइते भएकी छिन ।
इलाका प्रहरी कार्यालय निजगढले दिएको जानकारी अनुसार निजगढ नगरपालिका वडा नम्बर ७ लिचि टोल बस्ने भिखारी साहको श्रीमती अन्दाजी वर्ष ७५ की रामकुमारी देवी आफ्नै घरको आगनमा घुर (आगो) बालेर ताप्ने ताप्ने क्रममा बिहान १०ः३० बजे जलेर घाइते भएकी हुन । आगो ताप्ने क्रममा साडीमा अचानक आगो सल्किएपछि साहको दुबै खुट्टाको तिघ्रा र पेट जलेको थियो ।घाइते साहको वयोधा अस्पताल वीरगञ्जमा उपचार भइरहेको र अवस्था मध्यम रहेको छोरा दिवानाथ साहले जानकारी दिनुभयो ।

Leave a Reply