निजगढ,निजगढमा आश्रम निर्माण गर्ने उद्देश्यले मानव धर्म समाजले आयोजना गरेको महायज्ञमा रकम दान गर्नेहरुको उत्साहाजनक सहभागिता देखिएको छ ।महायज्ञको छैठौं दिन मंगलवार साँझसम्म ८५ लाख रुपैया दान रकम संकलन भएको आयोजक समितिकी सदस्य शान्ति ढुङ्गानाले जानकारी दिनुभयो । महायज्ञमा मंगलवार निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले ११ लाख रुपैया दिने प्रतिवद्धता जाहेर गर्नुभएको ढुङ्गानाले बताउनुभयो । नगरप्रमुख पुरीले नगरपालिकाबाट सो रकम दिने घोषणा गर्नुभएको हो ।त्यसैगरी हिजो नै नेपाल मानव धर्म सेवा समिति हेटौडाको तर्फबाट २ लाख ५१ हजार र निजगढ नगरपालिका वडा नम्बर ७ का पशुपती लामाले १ लाख ११ हजार १११ रुपैया दान गर्ने घोषणा गर्नुभएको समितिकी सदस्य ढुङ्गानाले जानकारी दिनुभएको छ ।यसअघि बारा क्षेत्र नम्बर १ क का मधेस प्रदेश सभा सदस्य त्रिलोकी चौधरीले १५ लाख र प्रदेश सभा सदस्य मिना लामाले १० लाख सहयोग गर्ने घोषणा गर्नुभएको थियो ।
यज्ञको पाँचौं दिन मंगलवारसम्म सयौं सर्वसाधारणले रकम दान गर्ने घोषणा गरेका छन ।निजगढ नगरपालिका वडा नम्बर ९ मा रहेको मानव धर्म समाजको जमिनमा बारा जिल्लास्तरीय पक्की आश्रम भवन निर्माण गर्ने उद्देश्यले निजगढको शहीद चोकामा भइरहेको महायज्ञमा आचार्य राघव उपाध्ययाले श्रीमद् भागवत संगीतमय कथा वाचन गरिरहनुभएको छ ।
यसैबीच मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधवार (आज) दिउसो आश्रमको शिल्यान्यास गर्नुहुने भएको छ । यसअघि यज्ञको पहिलो दिन कलश यात्रामा नै मुख्यमन्त्री यादवले भवन शिल्यान्यास गर्ने कार्यक्रम निर्धारण गरिएको भएपनि मुख्यमन्त्री अनुपस्थित भएपछि भवन शिल्यान्यस कार्यक्रम स्थगित भएको थियो ।

Leave a Reply