हेटौंडा – हेटौंडा बजार क्षेत्र र आसपासका क्षेत्रका मुल सडकहरु फराकिलो रुपमा निर्माण गर्न सुरु गरिएको छ । साविकका सडक सिमा क्षेत्रमा वनेका घरहरु समेत भत्काएर मुल सडकहरुलाई ठुलो लगानीमा फराकिलो र सुन्दर वनाउन लागिएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वताउनुभयो ।

 

 

 

 

चालु आर्थिक वर्षको वजेटबाट हेटौंडाको शिद्धार्थ रोड, नगरपालिका रोड, सिंचाइटोल, प्रभाकर रोड, पारिजातपथको रोड, हेटौंडाको भैरवरोड लगायतका सडक फराकिलो वनाउने काम सुरु गरिएको मेयर महतले वताउनुभयो । अहिले साविकमा भईरहेका सडक साघुरो र जिर्ण वन्दै गएपछी निर्माणको काम सुरु गरिएको हो । हेटौंडाको हुप्राचौरमा रहेको क्वीक ट्वान्टीरोड फराकिलो वनाउने काम सकिएको छ ।

 

 

 

 

पहिलेको भन्दा फराकिलो र सुन्दर रुपमा यस सडक निर्माण गरिएको मेयर महतले वताउनुभयो । त्यसैगरी हेटौंडा ८ मा पनि फराकिलो र सुन्दर सडक निर्माणका लागि उपमहानगरपालिकाले डेढ करोड रुपैयाँ लगानी गरेको छ । हेटौंडाको मुख्य सडक फराकिलो वनाउनका लागि स्थानीय वासिन्दाहरुले आफ्ना घरका पर्खाल भत्काउने, भएका पुराना संरचना हटाउने लगायतका काममा सहयोग गरेपछी शहरको सुन्दरता संगै सडक फराकिलो वनाउन लागिएको मेयर महतले वताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here