निजगढ,सडक दुर्घटना बढेपछि सोको न्यूनीकरणको कामनासहित मोटरसाइकल दुर्घटनामा मृत्यु भएका एक युवकको स्मृतिमा शुक्रवार साँझ निजगढको पूर्वपश्चिम राजमार्गमा छोइपूजा आयोजना गरिएको छ ।विपरीत दिशातर्फ जादै गरेका २ वटा मोटरसाइकल आपसमा ठोक्किएर युवकको मृत्यु भएको स्थान देउराली चोक नजिको राजमार्ग किनारामा लामा विधि अनुसार छोइ पूजा गरिएको हो ।गत मंसिर २९ गते दुई मोटरसाइकल आपसमा ठोक्किदा निजगढ नरपालिका वडा नम्बर १० लालका २० वर्षिय देछिङ्ग घिसिङ्गको मृत्यु भएको थियो । मृत आत्माको चिरशान्तिको लागि खेम्पो लामासहित ११ जना लामा गुरुहरुलाई सहभागी गराएर अभिभावकहरुले पूजापाठ गरेका हुन । लामा गुरुहरुले सडक किनारामा बसेर २ घण्टासम्म पाठ गरेका थिए । मृतआत्माको चिरशान्ति र सडक क्षेत्रको स्वस्ति शान्तिको कामना गर्दै लामा विधिअनुसार पूजा गराइएको मृतक घिसिङ्गका बुबा नरध्वजले बताउनुभएको छ ।पूजामा मृतक परिवारका सदस्य, स्थानीयबासी र निजगढ नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रामचन्द्र कटुवालसमेतको उपस्थिति रहेको थियो । पूजापछि यस क्षेत्रको सडकमा बढेको दुर्घटनामा कमी आउने विश्वास गरिएको वडा अध्यक्ष कटुवालले बताउनुभएको छ ।दुर्घटनामा निजगढबाट चन्द्रपुरतर्फ जादै गरेका घिसिङ्गले चलाएको ना ४९ प १३८८ नम्बरको मोटरसाइकल निजगढतर्फ आउदै गरेका सिंगौलका वर्ष ३२ का सुनिल लामा सवार प्र ३–०३–००१ प १०९१ नम्बरको मोटरसाइकमा ठोक्किदा घिसिङ्गको घटनास्थलमा नै मृत्यु भएको थियो । दुर्घटनामा सुनिल भने घाइते बनेका थिए ।

Leave a Reply