कलैया,बाराको कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहको आज सरुवा भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साहको भोजपुर जिल्लाको भोजपुर नगरपालिकामा सरुवा गरेको हो ।
मन्त्रालयले साहसहित ३० जना उपसचिवको सरुवा गरेको हो ।उहाँको स्थानमा पर्साको पोखरिया नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत तथा उपसचिव रामविनयकुमार सिंह आउनुहुने भएको छ ।

साह करिब चार वर्षसम्म कलैया उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत हुुनुहुन्थ्यो । कुशल र इमान्दार राष्ट्रसेवक कर्मचारीको छवि बनाउनुभएका साहको कलैया उपमहानगरपालिकाको कार्यकाल सफल रहेको बताइएको छ ।

त्यसैगरी बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतबाट विदा भएकै दिन शान्तिराज प्रसाईं प्युठान जिल्लाको प्रमुख जिल्ला अधिकारी नियुक्त हुनुभएको छ ।प्रमुख प्रशासकीय अधिकृतबाट केही दिनअघि गृहमन्त्रालयमा सरुवा हुनुभएका प्रसाईंलाई सरकारले आज प्युठान जिल्लाको प्रमुख जिल्ला अधिकारी नियुक्त गरेको हो ।

जीतपुरसिमरामा करिब १० महिना बिताउनुभएको सहसचिव प्रसाईँलाई जीतपुरसिमरा उपमहानगर पालिकाका नगर प्रमुख राजन पौडेल, उपप्रमुख भोलाप्रसाद अधिकारी लगायतका जनप्रतिनिधि तथा कर्मचारीहरुले प्रसाईंको विदाई गरेका थिए ।

Leave a Reply