कृष्ण मोहन साह
सेढवा,पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर १माभएको रक्तदान कार्यक्रममा ५जना महिलासहित ६१ जनाले रक्तदान गरेका छन् ।थारु सम्बत २६४९ (खिचडी) माघीको अवसरमा युवा समाज पकडीटोलको आयोजनामा भएको उक्त रक्तदान कार्यक्रममा ६१जनाले रक्तदान गरेका रक्त संचार केन्द्र वीरगञ्जका प्राविधिक जितेन्द्र कुशवाहाले बताउनुभयो । जसमध्ये स्थानीय५ जना महिलाहरुले पनि रक्तदान गरेका हुन् ।

“रक्तदान जीवन दान” भन्ने कुरा सुन्दै आएका तर रगत दान गर्ने अवसर नपाएका जिराभवानी गाउँपालिका वडा नम्बर १ का ५ जना महिलाले आफ्नै गाउँमा आयोजना गरिएको कार्यक्रममा रक्तदान गर्न पाउँदा हर्षिह भएको प्रतिक्रिया दिएका छन ।दिनभरि घरको चुलो चौकोमा नै व्यस्त रहने गाउँका महिलाहरुलेअवसर पाउने बित्तिकै रक्तदान गरेको स्थानीय सुधाकुमारी चौधरीको भनाई छ ।

आयोजक युवा समाज पकडीटोलका अध्यक्ष चिरञ्जीवी खवास चौधरी (गोबिन्द) चौधरीको) सभापतित्वमा तथा जीराभवानी गाउँपालिका वडा नम्बर १का अध्यक्ष रामशरण खवास थारुको प्रमुख आतिथ्यतामा भएको सो रक्तदान कार्यक्रममाबोल्दै प्रमुख अतिथि खवासले रक्तदान कार्यक्रमले समाजलाई जोड्ने काम गर्ने बताउनुभएको थियो ।क्लब तथा विभिन्न संघसस्थाले आफ्नो समाजिक उत्तरदायीत्व वहन गर्नपनि समाजसेवाका यस्ता काम गर्नुपर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा जिराभवानी गाउँपालिकाका पूर्वउपाध्यक्ष उषादेबी थरुनी, जिराभवानी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष महादेव महतो थारु, ३ नम्बरका पूर्ववडा अध्यक्ष उमेशकुमर सिह थारु, समाजसेवी रामपृत महतो, बरिष्ठ समाजसेवी कुनाल महतो थारु, युवा समाजसेवीनन्दकिशोर दास, सुमित दास, राजन दास लगायत जिराभवानी गाउँपालिका वडा नम्बर १ का विद्यालयका प्रधानाध्यापक र पत्रकारहरुको उपस्थिति रहेको थियो ।साथै मंगलवार हुने माघी खिचडी महोत्सवको सम्पूर्ण तयारी पुरा भएको युवा समाज पकडीटोलका अध्यक्ष गोबिन्द चौधरीले जानकारी गराउनुभयो । महोत्सवमा स्थानीय कलकारहरुको बेजोड प्रस्तुति रहने र विजेता कलाकारहरुको समूहलाई पुरस्कारको पनि व्यवस्था गरिएको आयोजक समितिले जानकारी दिएको छ।

Leave a Reply