कृष्ण मोहन साह
सेढवा,पर्साको जिराभवानी गाउँपालिका वडा नं ३ मा रहेको बितो महतो जनता माध्यमिक विद्यालय जितपुर नौकाटोलामा शनिवार निःशुल्क आँखा शिविर आयोजना गरिएको छ ।
समाजसेवी बिकाउप्रसाद भण्डारीको आयोजना तथा रामकुमार महावीर प्रसाद केडिया आँखा अस्पताल परवानीपुरको प्राविधिक सहयोगमा सो शिविर सम्पन्न भएको हो ।
शिविरमा ४२७ जना आँखा बिरामीहरुको चेकजाच गरिएको थियो । सो मध्ये १ सयजनाको आँखामा मोतिया बिन्दु देखिएको नेत्र विशेषज्ञहरुले जनाएका छन । मोतियाविन्दु देखिएका बिरामीहरुलाई रामकुमार महावीर प्रसाद केडिया आँखा अस्पताल परवानीपुरमा निशुल्क शल्यक्रिया गरिने आयोजक स्थानीय समाजसेवी भण्डारीले जनाउनुभयो ।
शल्यक्रियापछि बिरामीका लागि औषधी तथा चस्मा पनि निःशुल्क वितरण गरिने सामजसेवी भण्डारीले जानकारी दिनुभयो । शिविरमा रामकुमार माहवीर प्रसाद केडिया आँखा अस्पताल परवानीपुरका डा. राकेश गिरी डा लालबाबु पटेल र डा शिवशंकर गुप्ताले बिरामीहरुको चेकजाँच गर्नुभएको थियो । समाजसेवी भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न शिवीरमा समाजसेवी नेसार समानी, समाजसेवी बिन्दु चौधरी, समाजसेबि नेशार समानीलागायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।