गत मंसिर ४ गते सम्पन्न भएको आम चुनावमा बारा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ बाट जसपाका तर्फबाट निर्वाचित रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि अब त्यो स्थानमा फेरि चुनाव हुदैछ ।यसका लागि समय पनि तय भइसकेको छ । अबको करिब एक महिनापछि बारा २ मा फेरि निर्वाचन हुदैछ । निर्वाचनको तिथि नजिकिदै गर्दा बारा २ मा चुनावी सरगर्मी बढ्नु पनि स्वभाविक हो ।तर, बारा २ को कुरा गर्ने हो भने फेरि मतदाताहरुमा सिण्डीकेट लगाउने खतरा बढेको छ । यो सिण्डीकेट भनेको सरकारी तवरबाट हुने देखिन्छ ।सप्तरीबाट सिके राउतसंग पराजित भएका जसपाका अध्यक्ष उपेन्द्र यादव बारा २ बाट सदनमा जानका लागि बाटो खोजिरहेका छन् । एक ठाउका जनताबाट अनुमोदन नभएका व्यक्तिलाई अर्को ठाउका जनताले जिताउनै पर्छ भन्ने छैन ।यसमा बाराका नागरिकहरुले विवेक पु¥याउने पाटो त छदैछ, साथमा गठबन्धनको नाउमा फेरि पनि मतदातामा जवरजस्ती लाद्ने प्रयास भए यसको बिरोध हुनु पर्दछ । एक्लाएक्लै निर्वाचानमा भाग लिन पाउने अधिकार सबैलाई छ तर गठबन्धनको नाउमा सिण्डीकेट नहोस भयो भने जनस्तरबाट बिरोध आवश्यक छ ।