बिहीबार दिनभरि नै काठमाडौं महानगरपालिकाका मेयर बालेन साह राजनीतिक छलफलमा व्यस्त रहेको देखियो । यसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछाने सहितका नेताहरु छलफलमा जुटेका थिए । मुख्यतः जेनजीको एउटा समूहले रवि, बालेन लगायतलाई मिल्नका लागि दबाब सृजना गरेको जस्तो देखिएको छ । किनभने दुईजनालाई भित्र राखेर उनीहरुले गेटमा ताला लगाए र मिल्नका लागि वा एउटा सन्देश देशलाई दिन उनीहरुले भने ।
देशमा एउटा वैकल्पिक शक्तिको आवश्यकता धेरैले महसुस गरेको कुरा हो तर फेरि यो शक्ति केका लागि भन्ने मुल कुरा हो । साँझतिर केही संचारमाध्यामहरुमा पहिला प्रधानमन्त्री रवि वा बालेन को बन्ने भन्ने विवाद रह्यो वा यसमा सहमति हुन बाँकी रहेको भन्ने कुरा आयो । यसले नयांँ शक्ति भनाउनेहरुको मुख्य ध्यान पनि देश र जनतामा भन्दा पदमा रहेको कुरा झल्काउँछ । जस्तै हिजो पुराना शक्तिहरु एमाले, काँग्रेस र माओवादीहरुमा पनि यही समस्या थियो । पालैपाले प्रधानमन्त्री बन्ने तर देश र जनताका लागि कनै ख्याल नगर्ने । यही कुरा रवि र बालेनले पनि गर्न खोजेको जस्तो देखिएको छ ।
एक त अहिले प्रधानमन्त्रीका विषयमा उनीहरुले छलफल गर्न आवश्यक नै छैन । पहिला त चुनाव हुनुपर्ला अनि भोट कति आउछ, स्वयम् रवि बालेनले चुनाव जित्ने अवस्था आउछ कि आउदैन ? आफ्नो पार्टीको सदनमा कति प्रतिनिधित्व हुन्छ भन्ने कुराको हिसाव नै नगरी अहिले नै प्रधानमन्त्रीको कुरा गर्ने हो भने देश बन्दैन  र फेरि कुर्सीका लागि नयाँ भनिएकाहरु पनि यही दलदलमा फस्ने देखिन्छ जसले देश र जनतालाई कुनै फाइदा होइन, उल्टै घाटा नै पर्ने छ ।

Leave a Reply