निजगढ,बाराको निजगढ नगरपालिका वडा नम्बर ५ खोल्माटोलस्थित श्री जनजागृति आधारभूत विद्यालयमा १ करोड २५ लाखको लागतमा नयाँ पक्की भवन निर्माण शुरु भएको छ ।मधेस प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालयबाट आर्थिक वर्ष २०८१-०८२ को लागि विनियोजित एक करोड २५ लाख बजेटबाट एक तले शौचालयसहितको ४ कोठे भवन निर्माण हुन लागेको हो ।

शिक्षा ईकाई बाराबाट कार्यन्वयन हुनेगरि निर्माण हुन लागेको सो विद्यालय भवन निर्माण कार्यको निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले एक कार्यक्रमका बीच शिलन्यास गर्नुभएको थियो ।कक्षा ५ सम्म अध्यन अध्यापन भइरहेको विद्यालयमा हाल कक्षा सञ्चालन भइरहेको ट्रस्ट भवन जिर्ण भएपछि विद्यालयको माग अनुसार प्रदेश सरकारबाट भवन निर्माणको लागि बजेट निकासा भएको हो ।

शिल्यान्यास कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोलाप्रसाद ढुङगानाले विद्यालयको भवन निर्माणका लागि बजेट प्रबन्ध गर्न सहयोग गर्नुहुने सम्बन्धित व्यक्तिहरुप्रति विशेष धन्यवाद दिनुभएको थियो । इस्टमेट र बजेट अनुसार समयमै सम्पन्न गर्ने गरि काम अघि बढाइएको पनि व्यवस्थापन समितिका अध्यक्ष ढुंगानाले बताउनुभएको छ ।शिलन्यास कार्यक्रममा वडा नम्बर५ का वडा अध्यक्ष सुर्यबहादुर थापा मगर, वडा सदस्य आशा चौलागाई, व्यवस्थापन समितिका पदाधिकारी, विद्यालय प्रधानाध्यापक शिव नेपाल, व्यवस्थापन समितिका पूर्वअध्यक्ष तेजप्रसाद गौतम, भिमप्रसाद तिमल्सिना, जयप्रसाद ढुङगाना, पुर्णबहादुर चौलागाई, व्यवस्थापन समितिका पूर्वपदाधिकारीहरु, सामाजिक अगुवाहरुको साथै अभिभावकहरुको पनि उपस्थिति रहेको थियो ।

Leave a Reply