पुष्पराज खतिवडा
मनहर्वा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ को कुश्माडीमा ग्रामीण बजार संचालनमा आएको छ । स्थानीय कृषि उत्पादनको प्रर्वद्धन गर्ने उदेश्यले बजार संचालनमा ल्याइएको हो ।
हरेक हप्ताको मंगलबार र सुक्रबार बजार लाग्ने स्थानीय देवीबहादुर भण्डारीले जानकारी दिनु भयो । कुश्माडी बाहुनटोलस्थित शिवमन्दिर परिशरमा गत मंलबारबाट संचालनमा आएको हाट बजारमा तरकारी, फलफुल तथा माछामासुका पसल संचालन हुँदै आएको भण्डारीले जानकारी दिनुभयो ।
स्थानीय उत्पादन वृद्धि गर्दै राष्ट्रिय बजारसँग पहुँच वृद्धि गर्ने उदेश्यले बजार संचालनमा ल्याइएको स्थानीय जनप्रतिनिधि कुमारलामाले बताउनुभयो । बजार प्रवद्र्धन र व्यपार सुरक्षासहित बजार क्षेत्रमा आवश्यक संरचना निर्माण गर्नका निमित्त आर्थिक सहयोग जुटाउने कार्य भइरहेको उहाँले बताउनुभयो । हालसम्म करिव १ लाख रुपैया बराबर नगद तथा निर्माण समग्री सहयोग प्राप्त भएको उहाँले जानकारी दिनुभयो ।
तरकारी लगायत दैनिक उपभोग्य सामग्री खरिद गर्न अन्यत्र थाउनु पर्ने बाध्यता हटाउने प्रयासमा गाउँमा नै हाटबजार संचलानमा ल्याइएको बजार व्यवस्थापन समितिकी सदस्य पार्वती न्यौपानेले बताउनुभयो ।