पुष्पराज खतिवडा

मनहर्वा,जीतपुरसिमरा उपमहानगरपालिकामा बाघको आक्रमणबाट एक जना महिला घाइते भएकी छन् । उपमहानगरको वडा नम्बर १४ स्थित हलखोरिया साझेदारी वनमा बाघले महिलामाथि आक्रमण गरेको हो ।जीतपुरसिमरा– १४ को बोरिङटोल बस्ने रामबहादुर थिङको श्रीमती अन्दाजी ३२ वर्षिय प्रमिला थिङ हलखोरिया साझेदारी वनमा दाउरा काटिरहेको समयमा अचानक बाघले आक्रमण गरेको हो । बाघको आक्रमणबाट घाइते भएकी थिङको विरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ ।श्रीमतीलाई बाघले आक्रमण गर्दा संगै घाँस काट्न गएका श्रीमानले उनको उद्धार गरेर अस्पताल लगेका हुन । थिङको गाला र टाउकोमा चोट लागेको छ । डाक्टरका अनुसार उनको अवस्था मध्यम रहेको छ ।बाघले आक्रमण गरेको क्षेत्रमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा टोली खटाइएको बारा प्रहरीका प्रवक्ता पुरुषोत्तमप्रसाद पाण्डेले बताउनुभयो ।

Leave a Reply