राजन कुमार बानिया

पोखरिया,किशोरी सशक्तीकरणका लागि शिक्षा कार्यक्रम स्वयंसेवक परिषदको समीक्षा बैठक तथा हस्तान्तरण कार्यक्रम सोमवार पर्साको दिव्य युवा क्लब कार्यालयको सभा हलमा सम्पन्न भएको छ ।

बैठकमा दिव्य युवा क्लब पर्साले संचालन गरेको साढे चार वर्ष ईन्गेज परियोजना फेज आउट भएकोले धोबिनी, जगरनाथपुर गाउँपालिकामा गठन गरिएको संजाल समितिका सदस्यहरुसंग अन्तरक्रिया समेत गरिएको थियो । कार्यक्रमका संयोजक गणेश ठकुरीकाअनुसार कार्यक्रम ईन्गेज फेज आउट भए पनि गाउँपालिकामा संजाल समिति गठन रहेकोले संस्थासंग समन्वय भने कायम नै रहने छ । उहाँले ईन्गेज परियोजना फेज आउट भए पनि गाउँपालिकाहरुमा गठन गरिएको सजालमार्फत सहयोग गर्न आग्रह समेत गर्नुभयो ।

संयोजक ठकुरीले दिएको जानकारी अनुसार संस्थाले साढे चार वर्षमा विद्यालय बाहिर रहेका १० वर्षदेखि १९ वर्षसम्मका ३४० जना किशोरीहरुलाई विद्यालयमा भर्ना गराएर पठन पाठनमा सहयोग गरेको छ । विद्यालय टाडा भएर र गरिबीका कारण विद्यालय जान नपाएका किशोरीहरुलाई ईन्गेज कार्यक्रम अभियान अन्तर्गत संजालमार्फत विद्यालय भर्ना गरिएको हो ।

त्यसैगरी संस्थाले उनीहरुलाई पाठ्यपुस्तक र ३ सय जनालाई साईकल समेत बितरण गरेको छ । संजालमार्फत पठनपाठन गरेका किशोरीहरु मध्ये केहीलाई सिलाई कटाइ, ब्युटिपार्लर, बाख्रा पालन जस्ता तालिम दिएर आत्मनिर्भर तुल्याउने कार्य पनि भएको बताइएको छ । त्यस्तै किशोरीहरुलाई साना व्यवसाय संचालन गर्न न्यून ब्याजमा बैंकबाट ऋण दिने व्यवस्था समेत मिलाइएको छ ।

विद्यालयमा अध्ययन गर्ने अपांग र दृष्टिविहिन बालबालिकाहरुलाई ह्वील चियर, कृतिम खुटा समेत सहयोग गरिएको जनाइएको छ । त्यसैगरी किशोरीहरु अध्ययन गर्ने विद्यालयको मर्मत सुधार र विद्यालय शौचालयमा पनि संस्थाको तर्फबाट सहयोग गरिएको संस्थाले जानकारी दिएको छ ।

कार्यक्रम दिव्य युवा क्लब पर्साका अध्यक्ष उमेशप्रसाद चौहानको अध्यक्षतामा सम्पन भएको थियो । रामजतन यादवको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा अदित्य पटेलले सहजीकरण गर्नुभएको थियो ।

Leave a Reply