कलैया,बारामा यही असोज १७ गते रातिदेखि १९ गते बिहानसम्म परेको अविरल वर्षाका कारण चार हजार हेक्टर क्षेत्रफलमा लगाइएको बाली डुबानमा परेको छ ।कृषकले खेती गरेको धान, उखु र तरकारी डुबानमा परेको कृषि ज्ञानकेन्द्र बाराका प्रमुख राजनारायण साहले जानकारी दिनुभयो । जिल्लाका १६ वटै स्थानीय तहमा किसानले लगाएको एक हजार ६१५ हेक्टर क्षेत्रको भदैया धान, एक हजार ३५७ हेक्टर क्षेत्रको अगहनी, ४३७ हेक्टर क्षेत्रको उखुबाली तथा ४८८ हेक्टरको तरकारी डुबानमा परेको उहाँले बताउनुभयो ।

चालु आर्थिक वर्ष २०८२-८३ मा कृषकले भदैया अगहनी गरी कूल ४६ हजार २० हेक्टर क्षेत्रफलमा खेती गरेको कृषि ज्ञानकेन्द्रले जनाएको छ । डुबानका कारण यस वर्ष उत्पादनमा कमी आउनसक्ने बताइएको छ ।

Leave a Reply