राजन कुमार बानिया
पोखरिया,पर्साको धोबिनी गाउँपालिकाले आइतबारदेखि भएको आधारभुत तह कक्षा ८ का विद्यार्थीको अन्तिम परीक्षा एउटै परीक्षा केन्द्रमा संचालन भइरहेको छ ।गाउँपालिकामा रहेका तीन वटा माध्यमिक विद्यालयहरुको परीक्षा श्री कालिप्रसाद लाखे माध्यमिक विद्यालयमा सेन्टर स्थापना गरी सञ्चालन गरिएको हो । गाउँपालिकामा शिक्षाको गुणस्तर वृद्धिको लागि एउटै सेन्टर कायम गरी परीक्षा सञ्चालन गरिएको हो । पहिलो दिन अंग्रेजी विषयको परीक्षामा तीन वटा माध्यमिक विद्यालय श्री कालिप्रसाद लाखे माध्यमिक विद्यालय लंगडी, श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भिखमपुरर श्रीअजिज मियाँ माध्यमिक विद्यालय धोबिनीका ३७७ जना विद्यार्थीले तोकिएको परीक्षा केन्द्रमा पुगेर परीक्षा दिएका छन ।परीक्षा केन्द्रमा भिखमपुरका छात्र ८० र छात्रा १०४ गरी १८४ जना, लंगडी माविका छात्र ४३ छात्रा ६४ जना गरी १०७ जना र धोबिनीका छात्र ४२ र छात्रा ४४ गरी ८६ जना र कुल ३७७ जनाले अंग्रेजी विषय परीक्षा दिएका हुन । गाउँपालिका अन्तर्गत रहेका तीन माध्यमिक विद्यालयका ३८३ जना विद्यार्थीले परीक्षा फर्म भरेकोमा सो मध्ये ३७७ जना परीक्षामा सहभागी भएका छन भने ६ जना अनुपस्थित रहेको केन्द्राध्यक्ष जितेन्द्र रामले जानकारी दिनुभयो । अधारभुत तह कक्षा ८ का अन्तिम परीक्षामा धोबिनी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नावाज हुसेन, शिक्षा शाखाका प्रमुख बृजकिशोर त्रिपाठी, वडा अध्यक्ष मनाउर मियाँ, बन्दु साह, प्रअ मदन साह, बिनय पटेल, कर्मचारी केशराज कुर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र पत्रकारहरुको सहभागिता रहेको थियोे ।



















