काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब दुई किलो सुनसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्।
मंगलबार राति १ बजेर २५ मिनेटमा प्रहरीले १ किलो ८०३.७७ ग्राम सुनसहित चीनको जिलिन प्रान्तका जियानह्वा वाङलाई पक्राउ गरेको हो।
हङकङबाट नेपाल वायुसेवा निगमको उडान नम्बर आरए ४१० मार्फत काठमाडौं आएका वाङ विमानस्थलको भन्सार र सशस्त्र प्रहरीको जाँच क्षेत्र पार गरिसकेपछि नेपाल प्रहरीको टोलीबाट पक्राउ परेका थिए।
प्रहरीका अनुसार बरामद सुनसहित उनलाई थप अनुसन्धानका लागि त्रिभुवन विमानस्थलस्थित गौचर भन्सार कार्यालय पठाइएको छ।















