कलैया,कलैया उपमहानगरपालिका– १० निलकण्ठवामा किसान दशैं ठाकुर आफ्नो पोखरीमा पालेका माछा मरेपछि १० लाखभन्दा बढी नोक्सानी भएको छ ।ठाकुरले पोखरीमा पालेकोमध्ये सोमवार र मंगलवार दुई दिनमा मात्रै १० क्विन्टलभन्दा बढी माछा मरेका छन । माछा मर्न थालेपछि किसान ठाकुर चिन्तित बन्नुभएको छ ।पोखरीमा रहेका ग्रास, रोहु, बिग्रेट जातिका सबै माछा एकसाथ मर्न थालेपछि १० लाखभन्दा बढीको क्षति भएको किसान ठाकुरको भनाई छ ।

पोखरीका माछा मरेको घटनामा कसैले विष प्रयोग गरेको हुनसक्ने प्रहरीको आशंका छन ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले कसैले पोखरीमा विष हालेर माछा मारेको हुनसक्ने आशंका व्यक्त गर्नुभएको छ । यद्यपि कुन कारणले माछा मरेको हो भन्ने बारेमा भने कुनै ठोस प्रमाण नभेटिएकाले अनुसन्धानपछि मात्र वास्तविक कारण पत्ता लाग्ने उहाँले जानकारी दिनुभयो । प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता (डिएसपी) सापकोटाका अनुसार घटनाको अनुसन्धान भइरहेको छ ।

Leave a Reply