वीरगञ्ज,मधेश प्रदेश श्रम तथा यातायातमन्त्रालय यातायात व्यवस्था कार्यालय वीरगञ्ज नेपालले सवारी साधन कर र नविकरण दस्तुरको जरीवानामा सत प्रतिशत छुट दिएको छ ।कार्यालयले मंगलवार एउटा सूचना जारी गर्दै सो जानकारी गराएको हो । सवारी साधन कर र नवीकरण दस्तुरमा लागने जरिवानामा सय प्रतिशत छुट हुनेछ भन्ने विषयमा दफा ३५ को उपदफा (४) व्यवस्था भए बमोजिम मधेस प्रदेशमा दर्ता भएको सबै प्रकारको सवारी सधनमा सय प्रतिशत जरिवाना छुटको व्यवस्था हुने व्यहोरा जानकारीको लागि अनुरोध छ।पत्रमा मधेस प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०८१ अनुसार मिति ०८-१९ गते प्रदेश राजपत्रमा प्रकाशित भएको समेत जानकारी गराइएको छ ।

Leave a Reply