निजगढ,‘ट्राफिक व्यवस्थापनको लागि संचालित विशेष अभियान’ अन्तर्गत जिल्ला ट्राफिक कार्यालय बाराले बिहीवार १ सय ४ वटा सवारी साधनहरूलाई कारबाही गरेको छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालयले जिल्लाका विभिन्न स्थानहरूमा ट्राफिक नियम विपरित चलाईएका सवारी साधानका चालकहरुलाई कारबाही गरेको हो । अभियान अन्तर्गत सवारी साधनमाथि कारबाही गरी प्रहरीले १ लाख ५ हजार रुपैया राजस्व संकलन गरेको छ ।कारबाहीको क्रममा ७ वटा भारतीय नम्बर प्लेटको सवारीलाई भन्सार कार्यालय वीरगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।

















