एक बर्षदेखि नेपालमा गठबन्धनको सरकार छ । गठबन्धन भनेको पाँच दलीय संयन्त्र हो र उनीहरुको तर्फबाट शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्दैछन् । सरकार भनेको नागरिकहरुको समस्यामा बफदार हुनु्पर्ने र नागरिकप्रति जिम्मेवार हुनुपर्ने निकाय हो तर नेपालमा सरकार र त्यसका संचालकहरु आम नागरिकहरुको समस्याप्रति कत्ति पनि बफदार छैनन् ।

युक्रेन र रुस युद्धको नाउमा बिश्वमा मच्चाइएको महँगी आतंकमा सरकार र यसमा साझेदार दलहरु रमिते छन् । अझै उनीहरु आफै पनि कमीसनको खेलमा नहोलान् भन्न पनि सकिदैन । इन्धनको मुल्यकै कुरा गरौं न, यो सरकार हप्तामा घरी मुल्य बढाउछ र घरी मुल्य घटाउछ । सरकारमा रहेकाहरु कति हलुवा र कति गैर जिम्मेदवार छन् भन्ने कुरा उनीहरुको निर्णयले स्वत ः स्पष्ट पार्छ । केटाकेटीको खेल जसरी उनीहरुको निर्णय देखिन्छ ।

कर थुपारेर भन्दा पनि नागकिरहरुलाई सहज रुपमा आवश्यक सामग्रीहरु उपलब्ध गराउनु पर्ने सरकारको दायित्व हो तर सरकार भएको त नागरिकहरुले बिलकुल महसुस गर्न पाएका छैनन् तर सरकारमा रहेकाहरुको ध्वाँस हेर्ने हो सबै कुरा ठीकठाक छ । उनीहरुको ध्वाँसबाट नागरिकहरु भने आवित भएका छन् तैपनि गफ सुन्न नागरिकहरु बाध्य नै छन् ।

Leave a Reply