निजगढ –  देउसी भैलो खेलेर संकलित दानबाट निजगढमा सार्वजनिक पुस्तकालयको स्थापना गरिएको छ । निजगढ ११ रतनपुरीका स्थानीय युवाहरुले पुस्तकालय संचालनमा ल्याएका हुन ।. अघिल्लो तिहारमा रतनपुरी देउसी भैलो समाजद्वारा आयोजित देउसीभैलो कार्यक्रमबाट संकलित ३ लाख ६ हजारको लागतमा पुस्तकालय स्थापना गरिएको रतनपुर समाज सार्वजनिक पुस्तकालयका अध्यक्ष दिनेश गुरोले बताउनुभयो ।

 

 

 

अध्यक्ष गुरोले आर्थिक स्रोतको थप व्यवस्थान भए ई लाईब्रेरीको रुपमा पुस्तकालयलाई स्तरोन्नति गरिने बताउनुभयो । पुस्तकालयको निजगढ नगरप्रमुख सुरेश कुमार खनाल र उपप्रमुख लिलादेवी लामिछाने खनालले संयुक्तरुपमा उद्घाटन गर्नुभएको हो । पुस्तकालयको उद्घाटन गर्नुहुँदै प्रमुख खनालले पुस्तकालयलाई थप स्तरवृद्धि गर्न नगरपालिकाले आवश्यक सहयोग गर्ने र सामाजिक एकताका कारण समाजमा नमुना कार्य भएकाले यसलाई दिगो रुपमा सफल पार्न एकताबद्ध भएर लागिपर्न आग्रह गर्नुभयो ।

 

 

 

यस्तै उपप्रमुख लिलादेवी लामिछाने खनालले पुस्तकालय संचालनसंगै समाजमा शैक्षिक चेतनाको वृद्धि हुने भन्दै यसको सदुपयोग गर्न सके महत्वपूर्ण प्रतिफल प्राप्त गर्न सकिने बताउनुभयो ।कार्यक्रममा वडा नम्बर १० का वडा अध्यक्ष पदम बहादुर मोक्तान,वडा नम्बर ११ का वडा अध्यक्ष प्रेम बहादुर रुम्बा,वडा नम्बर १२ का वडाअध्यक्ष ज्ञानबहादुर गोले लगायत स्थानीय राजनीतिक र सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Leave a Reply