वीरगञ्ज, २३ भदौं : देशभर फैलिन थालेको जेनजी युवाको आन्दोलन अब वीरगञ्जसम्म पुगेको छ। सामाजिक सञ्जाल पुनः सञ्चालन, भ्रष्टाचारको अन्त्य र सुशासनको मागसहित सोमबार बिहानदेखि घण्टाघर क्षेत्रमा सयौं युवा सडकमा उत्रिएका छन्।

आन्दोलनमा सहभागी युवाहरूले “जेनजी चिच्याउँछ, भ्रष्टहरूलाई गिज्याउँछ”, “कता हिंडेको ट्याक्स लुटेर ?” जस्ता नाराबाजी गरेका थिए। उनीहरूले आन्दोलनलाई पूर्णतया शान्तिपूर्ण तरिकाले अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै, कुनै पनि स्वार्थी तत्व वा राजनीतिक समूहले यसलाई दुरुपयोग गर्न नपाउने चेतावनी दिएका छन्।

काठमाडौंको माइतीघर मण्डलामा हजारौं युवाको सहभागितासहित भइरहेको आन्दोलनकै स्वर वीरगञ्जमा प्रतिध्वनित भएको हो।

युवाहरूले आजको पुस्ता मौन नबस्ने र बेथितिको विरोधमा उठ्ने सन्देश दिएका छन्। “हामी व्यक्तिको होइन, प्रवृत्तिको विरोधमा छौं,” आन्दोलनमा सहभागी एक युवाले भने।

साथै, उनीहरूले राजनीतिक दल वा स्वार्थी समूहले आन्दोलन कब्जा गर्ने प्रयास नगर्न चेतावनी दिँदै, “यो पुस्ता देशको आवाज मात्र होइन, शक्ति पनि हो” भन्ने संदेश प्रवाह गरेका छन्।

Leave a Reply